Close sidebar

जानकीमा ३ दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

२०७९ माघ ११ गते, बुधबार ००:५३

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिकाले १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिका स्तरीय ५ औं अध्यक्ष कप प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा यही माघ १९ गतेदखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

जानकी गाउँपालिका वडा नम्वर ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् ।

त्यस्तै रिले र हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत संचालन हुनेछ । प्रतियोगितामा प्रावि तह, आधारभूत तह र मावि तह सम्मका छात्रछात्राहरुले भाग लिनेछन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने विद्यालयलाई रु. १० हजार पुरस्कार दिने निर्णय मंगलबार बसेको बैठकले गरेको हो ।

गाउँपालिका स्तरबाटै खेलकुदलाई प्राथमिकतामा राखेर ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख वजेट छुट्याइएको प्रशासकिय अधिकृत सिंहराज डांँगीले जानकारी दिनुभयो ।

जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बल खाँको संयोजकत्वमा बसेको बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत डाँगी, स्वकीय सचिव शोहराव दर्जी, कार्यपालिका सदस्य कान्ती काँदु, निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक रामआँचल धोवी, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत कृष्णाकुमारी भण्डारी र १ देखि ६ सम्मका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया