Close sidebar

पर्यटन महोत्सव २०७९ आजदेखि नेपालगञ्जमा शुरू

२०७९ माघ १० गते, मंगलवार २२:२४

नेपालगन्ज / प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ आजदेखि नेपालगञ्जमा शुरू भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा मंगलबार उद्धघाटन गरि भब्य रुपमा महोत्सव शुरू भएको हो ।

उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगञ्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म सांकृतिक झ्याकीसहित र्‍यालीको आयोजना गरिएको थियो ।

प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमुनाले महोत्सव उद्धघाटन कार्यक्रममा विगतको कोभिडबाट बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापार बजारीकरण गर्नको निम्ति लक्ष्य र उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न शुभकामना दिएकी छिन ।

उनले कार्यक्रम महोत्सव लगाउने पक्षमा भनिन, ‘यो एकदमै सकारात्मक छ र चुनौतीहरु यो समयमा सामना गर्नुपर्ला तर पनि यहाँका उद्योगी, व्यवसायी साथीहरु निम्ति धरै ठूलो अवसर हो ।’ उनले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने बताएकी छिन ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहले लुम्बिनी प्रदेश मन्त्री नमुना केसी सहित उपस्थित सबै सरोकारवाला पक्षहरुको ध्यानार्षण गराउँदै स्थानिय निकायले आफुहरुलाई अन्देखा गरे भने घाटामा हुने बताएका छन ।

उनले भने, ‘म भन्न चाहन्छु । तपाई यसो स्थानिय निकाय संचालन ऐन हेर्नुस । त्यो एनमा हामी तपाईको पदयन सदस्य छौं । स्थानिय संचालन ऐनले तपाईको पालिका भित्र रहेका घरेलु तथा साना उद्योगीका हकहितका लागि काम गर्ने संस्था पालिका अध्यक्ष पदयान स्थानिय निकायको राज्श्व परामर्शमा बस्नु भएको छ । यो त्यत्तिकै बस्नु भएको छैन होला !’

उनले थप भने, ‘त्यो ऐनको भावनालाई तपाईले कदर गर्नुहुने विश्वास लिएको छु ।’

यस्तै उद्धघाटन समारोह एंव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले उद्यमी व्यवसायीको अवस्थालाई समग्र दर्शक समक्ष जानकारी गराउँदै आफुहरुतिर सरकारको ध्यान नरहेको जिकिर गरिन । लाखौंको लगानीमा संचालन भएको महोत्सवमा स्थानिय सरकार आफुहरुबीच रहेको महसुस गर्न नपाएको बताईन ।

माघ २४ गतेसम्म संचालन रहने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक कंडेलले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार चर्चित भोजपुरी कलाकार खेसारी लाल २, डान्सर प्रिती पासवान, ख्याती प्राप्त कलाकार र्‍यापर भि-टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्‍यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्‍यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी/ राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक कंडेलले जानकारी गराए ।

महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी देवा थापा लगायतका खेलाडीको सहभागिता रहने छ । महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैँया टिकट दर राखिएको बताइएको छ ।

महोत्सबमा २ सय स्टल रहेका छन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश गरिएको छ । भोलिका लागि कलाकार विन्दु परियार, चन्द्र शर्मा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । आज भएको उद्धघाटन समारोह घरेलु महासंघका महासचिव जिआर भुसाल र प्ररेणा गिरीले संचालन गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया