Close sidebar

लुटपाट र कुटपिटको आरोपमा तीन जना भारतीय प्रहरीको फन्दामा

२०७९ असार १३ गते, सोमबार २१:३६

नेपालगन्ज / डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत लोकेन्द्रसिंह भण्डारीको हातखुट्टा बाधेर उनले चलाई राखेको गाडी समेत लिएर भागेका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा प्रहरीले सोमबार नै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार केहीसमय अगाडी सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेपछि उनीहरुलाई गोदावरी नगरपालिका वडा नम्बर १ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा भण्डारीसंग ३ जना भारतीय मुलका नागरिकले कञ्चनपुरको महेन्द्रनगर देखि खानी डाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ – २३ च ६०२१ नम्बरको जिपमा चढेर गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल भिरमा पुर्‍याएर जीप लिएर फरार भएका थिए ।

घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ । भण्डारीको टाउको र शरिरमा चोट लागेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया