नेपालगन्ज / डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत लोकेन्द्रसिंह भण्डारी राजमार्ग देखि करिब १०० मिटर तल भिरमा हातखुट्टा बाधेको अवस्थामा फेला परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भिमदत्त राजमार्गको गाइमारेमा आइतबार दिउँसो करीब १ बजेतिर हातखुट्टा बाधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसार भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय मुलका नागरिकले खानी डाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ – २३ च ६०२१ नम्बरको जिपमा चढेको बताए ।
जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल पुर्याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले जानकारी दिएका छन् ।
भण्डारीको टाउँकोमा चोट लागेको र उनीसँग भएको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेट लुटेको प्रहरीले जनाएको छ । जिपसहित फरारको खोजी भैरहेको प्रहरीले बताएको छ ।
