Close sidebar

हरिजन मृत्यु प्रकरणः छानविनका लागि गृहद्वारा समिति गठन

२०७९ जेष्ठ १७ गते, मंगलवार १९:५५

काठमाडौँ । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भएको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

हरिजनको मृत्युबारे स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिव सुर्य प्रसाद सेढाई संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

समितिमा गृहका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विमागका उप अनुसन्धान निर्देशक विश्वमणि आचार्य र बाँके जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।

समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। सुन्दर हरिजन जेठ ४ गते झुण्डिएको अवस्थामा रोल्पा कारागारमा मृत भेटिएका थिए ।
                                                 – देश सन्चार

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया