Close sidebar

दाङबाट हराएका दुई बालक खोजी गरिदिन आग्रह

२०८२ फाल्गुन ६ गते, बुधबार १२:१६

दाङ । दाङको तुलसीपुरबाट दुई जना बालक हराएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरियाबाट ११ वर्षीय सुजल बस्नेत र ६ वर्षीय तुफान बस्नेत मंगलबार दिउँसोदेखि हराइरहेका छन् ।

सुजल चित्र बहादुर बस्नेत र तुफान टीका बस्नेतका छोरा हुन् । उनीहरु दुई दाजुभाईका छोराहरु हुन् । घरसंगै जोडिएको बारीमा घाँस काट्न भनी निस्किएका दाजुभाई घर नफर्किएपछि परिवारले खोजी गरे पनि फेला परेका छैनन् ।

छोराहरु हराएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएको बुवा टीकाले बताए । उनले छोराहरुको खोजी गरिदिन आग्रह गरेका छन् । उनीहरूलाई कतै देखे खबर गरिदिन उनले आग्रह गरे । दुबै बालक तुलसीपुरस्थित हिमाल एकेडेमीमा अध्ययनरत छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया