Close sidebar

सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, इस्तियाक राई मतदाता भेटघाटमा,

२०८२ फाल्गुन ६ गते, बुधबार ०२:०३

नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य बाँके क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले चुनावी अभियानलाई जारी राख्नुभएकाे छ । उम्मेदवार राईको प्रचारप्रसार गर्ने उद्देश्यका साथ निर्वाचन क्षेत्रभरि सञ्जाल विस्तार भइरहेको छ ।

एमाले कार्यालयमार्फत निर्वाचन क्षेत्र नम्बर २ का सबै वडामा प्रचारप्रसारको सञ्जाल विस्तार गरिँदैछ । पार्टीको निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालयहरू २७ वटै वडामा खोलि सकिएको छ ।

मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को प्रचारप्रसार सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएकाे छ । राईले यो वडा लगायत विभिन्न वडामा मतदाता भेटघाट, चुनावी कार्यक्रम तथा कोण सभालाई सम्बोधन गर्नुभएकाे हाे ।

मतदाता भेटघाटका क्रममा पुर्वमन्त्री समेत रहनुभएका उम्मेदवार राईले आफुलाई सहयोग गर्न आग्रह गर्नुभएकाे छ । प्रचारप्रसारलाई यस क्षेत्रभर विस्तार गर्न वडास्तरीय सञ्जालहरू प्रभावकारी हुने नेकपा एमाले बाँकेको विश्वास छ ।

यसैबीच डुडुवा गाउँपालिका वडा नम्बर १ पिप्रहवा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० नटनपुर तथा रमेशर पुर्वामा स्थानीय मतदाताबिच कोणसभा कार्यक्रम गरिएको छ ।

नेपालगञ्ज रङ्गशालामा खेलाडीहरूसँग खेलकुदका विषयमा राईले गहन छलफलसमेत गर्नुभएको छ । सोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा घरदैलो कार्यक्रम गर्नुभएकाे छ ।

चुनावी अभियानका क्रममा उहाँले यस क्षेत्रका मतदाताहरूसँग समानुपातिक दुवैतर्फ एमालेलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएकाे छ । सो क्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया