Close sidebar

क्षतिग्रस्त ३ सरकारी कार्यालयलाई जानकीको सहयोग

२०८२ मंसिर २५ गते, बुधबार १७:५३

नेपालगन्ज । जानकी गाउँपालिकाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका नेपालगन्जका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन बुधबार कम्प्युटर सामाग्री हस्तान्तरण गरेको छ ।गत २३ र २४ भदौमा देशव्यापी रुपमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा नेपालगन्जमा रहेका सरकारी कार्यालयमा भौतिक क्षति पुगेपछि सेवा प्रवाह सहज बनाउने उद्देश्यले जिन्सी सामाग्री हस्तान्तरण गरेको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय र ३ नम्बरका वडाअध्यक्ष राजकुमार वर्माले संयुक्त रूपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।गाउँपालिकाले बाँके जिल्ला अदालत, नापी कार्यालय र मालपोत कार्यालय नेपालगन्जलाई एक एक थान प्रिन्टर तथा एक एक थान कम्प्युटर सेट सहयोग स्वरूप हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।

यसैगरी जानकी गाउँपालिका अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय खजुराखुर्दलाई कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार वर्माले एक थान प्रिन्टर र एक थान कम्प्युटर सेट कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, जिन्सी शाखाका राजु यादव, इलाका प्रहरी कार्यालय खजुराखुर्दका प्रहरी नायव निरीक्षक खगेन्द्र श्रेष्ठ, आइटी अधिकृत विकास जिसि, अध्यक्षको स्वकीय सोहराब इद्रीसी, बाँके जिल्ला अदालतका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया