Close sidebar

लैङ्गिक हिंसा न्यूनीकरणका लागि इस्लामी संघले गर्‍यो अन्तरक्रिया

२०८२ मंसिर २२ गते, आईतवार ००:०८

नेपालगञ्ज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि धार्मिक अगुवा तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरिएको छ । अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालको आयोजना एवम् इस्लामी संघ नेपाल लुम्विनी प्रदेशको सहआयोजनामा अन्तरक्रिया कार्यक्रम  नेपालगञ्जस्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा शनिबार सम्पन्न गरिएको हो ।इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष नजरुल हसन फलाहीको प्रमुख अतिथी र अन्तरधार्मिक संजाल (निरन) नेपाल एवम् इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदुर्रहमान खानको अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि धार्मिक अगुवा तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका हुन ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अल्हेरा एजुकेशनल सोसाइटीका उपाध्यक्ष र इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव एवम् आइडियल पब्लिक मा.वि.का अध्यक्ष बद्रे आलम खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सामुदायिक एकताको आवश्यकताका साथै महिलाको अधिकार सुनिश्चित भएको समाजमै सु-शासन सम्भव हुने उल्लेख गर्दै समाजलाई दीगो रूपान्तरणतर्फ लैजान सकिने कुरामा जोड दिएका छन् ।

इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियानमा सीमित नरही निरन्तररुपमा सम्बन्धित सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको उनले बताएका छन् ।

यसैगरी फातिमा फाउण्डेशन अध्यक्ष मैमुना सिद्धिकीले सामाजिक परिवर्तन र लैंगिक हिंसा विरुद्ध सशक्त रूपमा आवाज उठाउने हिम्मतको आवश्यकता प्रविधिलाई सुरक्षित रूपमा उपयोग गर्न सके मात्र लैंगिक हिंसाका रोक्न सकिने बताइन् । पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकारात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको हुँदा सकारात्मक सोचको विकास गर्नुपर्नेमा उनले जोड दिएका थिइन् ।

बालबालिका, ज्येष्ठ नागरिक, महिला सेवा केन्द्र प्रमुख चन्द्रिका खनालले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने कुरामा जोड दिँदै महिला र पुरुष बीचमा मात्र नभई महिला महिला बीच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा समेत व्यक्त गरेकी थिइन् ।

आइडियल पब्लिक माबिका अतिरिक्त क्रियाकलाप संयोजक आदिल अन्सारीले सहजीकरण गरेको कार्यक्रममा अल्हेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष खुर्शिद आलम इस्लाही, धर्मगुरु, बुद्धिजीवी, समाजसेवी महिला नेतृ, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको अभियान २५ नोभेम्बरदेखि १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया