Close sidebar

उच्च अदालत नेपालगन्जका न्याययिक सेवाहरु भोलिदेखि सञ्चालन गरिने

२०८२ आश्विन २५ गते, शनिबार २१:२१

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा भएको आगजनी लगायतका विशेष परिस्थितिका कारण अवरुद्ध भएका सेवाहरू भोलिदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । गएको भदौं २४ गते अदालतमा आगजनी लगायतका विशेष परिस्थितिका कारण स्थगित भएका सेवाहरु अदालतले न्यायिक सेवाहरू आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका रजिस्ट्रार सपना अधिकारीले बिहिवार एक सूचना जारी गरेर असोज २३ गतेको पूर्ण बैठकको निर्णयानुसार असोज २६ गतेदेखि लागु हुनेगरी आंशिक रूपमा रोकिएका थप सेवाहरू विस्तार गर्दै अदालतका नियमित कामहरू पुनः सञ्चालन गर्न जनाएका छन ।

अबदेखि नयाँ थप (फाइल) दर्ता, फायल पुर्जी जारी, अभियोजन पत्र दर्ता तथा सुनुवाइ, निवेदन र रिट दर्ता, सुकुम्बासी जमिन कार्यविधि–२०७९ का दफा १५५ र ७३ अनुसारका निवेदनहरूको दर्ता तथा सुनुवाइ, फैसला प्रतिलिपि वितरण, चालु मुद्दा र मिलाप सम्बन्धी कार्यहरूको सुनुवाइ लगायतका सेवा विस्तार गर्न सूचनामा लेखिएको छ ।

पुनरावेदन तथा शुरु मुद्दा दर्ता र यस अदालतमा भदौं २४ गतेसम्म विचाराधीन मुद्दा तथा रिट निवेदनहरुको म्याद, हदम्याद, तारिख लगायतका थप सेवा तिहारको बिदापछि सरोकारवालासँग आवश्यक छलफल र समन्वय पछि पुनः अर्को निर्णय अनुसार सेवा सञ्चालन हुने गरि निर्णय गरिने सूचना प्रकाशित गरि जानकारी दिएको छ ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया