Close sidebar

बाँकेमा कडा सुरक्षाका बिच नवदुर्गाको मूर्ति विसर्जन

२०८२ आश्विन १८ गते, शनिबार ००:०३

कम्दी । बाँकेको नेपालगन्ज लगायत विभिन्न स्थानमा स्थापना गरिएको नवदुर्गा भवानीको मूर्ति विधिवत रुपमा शुक्रबार विसर्जन गरिएको छ । विजया दशमीको पहिलो दिनदेखि अर्थात् घटस्थापनको दिन नेपालगन्ज लगायत विभिन्न स्थानमा स्थापना गरिएको ७ सयबढी नवदुर्गा भवानीको मूर्ति बाँकेको डुडुवा गाउँपालिका -५ स्थित राप्ति नदीको सिधनियाघाट, अगैंया र बर्दियाको मानखोला लगायत ठाउँमा कडा सुरक्षाका बिच विसर्जन गरिएको हो ।दश दिनसम्म पूजा-आजा गरी नेपालगन्ज लगायत विभिन्न ठाउँमा राखिएको नवदुर्गा भवानीको मूर्तिलाई ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर भक्तजनहरु नाचगान गरि नगरको विभिन्न भागको परिक्रमा गराई मूर्ति विसर्जन गरेका हुन । मूर्ति विसर्जन गर्न लैजाने क्रममा केही समय नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्तब्यस्त हुन पुगेको थियो ।मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । केही समयअघि भएको घटनाबाट पाठ सिकेर प्रशासनले नेपालगन्जको अति संवेदनशील क्षेत्र सदरलाइन, इदगाह रोड, विपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घोसीटोल, राप्ती रोड लगायत ठाउँमा ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेको थियोे ।प्रहरीले र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन नगरका विभिन्न ठाउँमा ड्रोनमार्फत निगरानी समेत गरेको थियो । कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र समस्त बाँकेबासीले संयमता र सदभाव कायम गरेकाले शान्तिपूर्ण रुपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले बताउनुभयो ।यसैबीच शुक्रबार दिनभर बाँके जिल्लामा मदिरा निषेध गर्नुका साथै नवदुर्गाको मूर्ति विसर्जनको र्यालीमा घुसपैठ हुन नदिन जमुनाहा सिमानाका समेत सील गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया