काठमाण्डौं । ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारको नयाँ गृहमन्त्री आएसँगै नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना (एसपी) र ९० जना (डिएसपी) को एकै पटक सरुवा गरेको छ ।
प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रमुख एसपी र डिएसपी परिवर्तन गरेसंगै धेरै जिल्लामा प्रहरी प्रशासनिक नेतृत्व पनि फेरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) राम प्रसाद घर्तीमगरको सरुवा भएसंगै अब उनको ठाउँमा अंगूर जिसीलाई जिम्मेवारी तोकिएको छ ।
सरुवा सूचि अनुसार, बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालको पनि सरुवा भएको छ । अब उनको ठाउँमा डिएसपी चक्र डम्बर पाललाई जिम्मेवारी दिएको छ ।
मंगलबार गरिएको सरुवाको सूची केहीबेर अघि मात्र सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयले सरुवा प्रक्रिया योग्यता, अनुभव र क्षमताका आधारमा गरिएको जनाएको छ । सुरक्षा परिस्थितिलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको सरुवाले स्थानीय स्तरमा नयाँ कार्यशैली र प्राथमिकता ल्याउने अपेक्षा गरिएको छ ।
को (एसपी) कहाँ पुगे हेर्नुस् विज्ञप्ति ।






