नेपालगन्ज । आज बेलुकी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार बेलुकी ८ बजेर २५ मिनेटमा रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रको पातिहाल्ने भञ्जयाङलाई केन्द्र बनाएर ४ दशमलव ६ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
साामजिक सञ्जाल प्रयोगकर्ताले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेपनि कति ठूलो धक्का भन्ने लेखेका छैनन् । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।


