Close sidebar

जनकपुरमा प्रहरीको गोली लागेर एकजना घाइते

२०८२ भाद्र १६ गते, सोमबार ०२:११

बाँके । जनकपुरमा हिन्दु समुदाय र प्रहरीसँग भएको झडपमा गोली चलेको छ । आइतबार हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन ।

प्रहरीसँगको झडपमा देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेर घाइते भएका हुन । प्रहरीका अनुसार घाइते मुखिया प्रादेशिक अस्पताल जनकपुरमा उपचारार्थ छन ।

झडपमा सातजना प्रहरी र केही सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा शनिबार झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने विषयमा दुई पक्षबिच विवाद उत्पन्न भएको हो ।

अगामी भदौ २० गते इस्लाम पैगम्बर हजरत मोहम्मद (सल.) को शुभजन्मोत्सवको उपलक्ष्यमा उक्त पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया