Close sidebar

मोटरसाइकल ठक्करबाट जानकीका ६ वर्षीय बालकको मृत्यु, नहर चौकमा सडक अवरुद्घ

२०८२ भाद्र १५ गते, आईतवार १६:१७

मो. ताहिर शेष राई (साहिल)

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर ४ स्थित नहर चोकमा स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन ।  नेपालगञ्ज–खजुरा सडकखण्ड अन्तर्गत खजुरा खुर्दमा शनिबार राती मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएपछि सडक अवरुद्ध गरेका हुन ।गएराती मोटरसाइकलले ६ वर्षीय बालकलाई ठक्कर दिंदा उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । तीब्र गतिमा आएको मोटरसाइकल बालकलाई ठक्कर दिएर फरार भएपछि मृतकका आफन्तजन र स्थानीयवासीहरूले आक्रोशित भएका छन ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकलको खोजतलास गरि कारवाही गर्न स्थानीयवासीहरूले माँग गरेका हुन । मृतकका आफन्त, स्थानीयवासी र प्रहरीबिच सहमति पछि अवरुद्ध सडक खोलाइएको वडा नम्बर ४का वडा अध्यक्ष रमेश कुमार वर्माले जानकारी दिए । उक्त फरार रहेका मोटरसाइकलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया