Close sidebar

बाँके प्रहरी प्रमुख एसपी कार्कीको बिदाई, नयाँ प्रहरी प्रमुख घर्ती मगरलाई स्वागत (फोटो सहित)

२०८२ बैशाख १९ गते, शुक्रबार १३:२०

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी प्रमुखको रुपमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीको बिदाई तथा बाँके प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्ती मगरलाई स्वागत गरिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा आयोजित ‘फेरि भेटौंला अन्तर्गत’ सरुवा भई जानलाग्नुभएका (एसपी) कार्कीको बिदाई तथा सरुवा भई आउनुभएको (एसपी) घर्ती मगरलाई स्वागत तथा पदभार ग्रहण गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक कार्कीलाई प्रहरी प्रमुख घर्ती मगर, डिएसपी दीपक पातली र इलाका प्रहरी कार्यालय कोहलपुरका (डीएसपी) लक्ष्मी खनाल लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुले पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) घर्ती मगरलाई बाँकेका प्रहरी प्रवक्ता (डीएसपी) पातली र इलाका प्रहरी कार्यालय कोहलपुरका (डीएसपी) खनाल लगायत प्रहरी अधिकृतहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेटमा फूलको माला, गमछा र फूलको गुच्छा दिएर स्वागत गरिएको हो ।

बिदाई तथा स्वागत कार्यक्रममा एसपी घर्ती मगर, इकाई प्रमुख लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, प्रहरी जवान र प्रहरी कर्मचारीको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया