मानपुर । रंङ्गको पर्व फागु-पुर्णिमा अर्थात होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । जानकीको शानः सुन्दर शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान भन्ने नारासहित जानकी गाउँपालिका बाँकेले पालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रम गरि होली मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले मधेशी, मुस्लिम, शिख र पहाडीसमुदाय पालिकावासी लगायत सबैमा आपसी सदभाव कायम गरि होली मनाउन आग्रह गरे । अध्यक्ष खांँले कसैले पनि उसृङ्खल खालको गतिविधी नगरीकन सदभाव, एकता कायम गरि होली मनाउन पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर वहादुर बिक, वडा नम्वर ४ का वडाअध्यक्ष रमेशकुमार बर्मा, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, विपद तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिँह, शिक्षक, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु लगायतले होलीको शुभकामना ब्यक्त गरेका थिए ।
पालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको कार्यक्रममा विपद तथा वातावरण व्यवस्थापन समितिका शाखा अधिकृत राजेन्द्र पाजपीयले
सञ्चालक गरेको कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुख, वडा सदस्यद्वय, कर्मचारी, शिक्षक लगायत स्थानियवासीको उपस्थिती थियो ।


आपसी सदभाव कायम गरि होली पर्व मनाउन आग्रह : अध्यक्ष खाँ
