मो. अरशद शेष राई✍️
नेपालगन्ज । नेपाल प्रहरीका पुर्व सहायक निरीक्षक (असई) बाबू शेषको प्रहरी सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बाँकेको नेपालगन्ज-८ जोलहनपुर्वा निवासी शेषको आइतबार नेपालगन्ज-४ घोसीटोलस्थित स्थानीय कब्रस्तानमा प्रहरी सम्मानका साथ ईस्लामिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
वि.सं. १९९४ साउन १६ गते नेपालगन्जमा जन्मिनु भएका बाबू शेषको २०८१ फाल्गुन ११ गते ८७ वर्षको उमेरमा आइतबार बिहान आफ्नै निवासमा आकस्मिक निधन भएको मृतकका माइलो भाइ हमीद शेषले जानकारी दिए । उहाँका अनुसार विगत लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो । मृतक शेषका २ छोरा र १ छोरी हुनुहुन्छ ।
शेषको अन्तिम संस्कार कार्यक्रममा पुर्व प्रहरी संगठनका र बहालवाला प्रहरी संगठनका दुबै अध्यक्ष लागायत उपस्थित पदाधिकारीहरुले सलामी र श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाल प्रहरीका पुर्व प्रहरी निरीक्षक अरुण कुमार सिंहले स्वर्गीय बाबू शेषको संक्षिप्त जीवनी वाचन गर्नु भएको थियो ।
विक्रम सम्बत २०१२ सालमा शेष नेपाल प्रहरीमा प्रहरी जवान पदबाट सेवाको शुभारम्भ गरि २०४२ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट अवकाश पाउनु भएको थियोे । नेपाल प्रहरी संगठन मध्येका ‘बाबू शेष’ नेपालगन्जका एक चर्चित ब्राण्ड हो । यो ब्राण्ड नेपालगन्जका पुराना पुस्ताले चिनिने एक ब्याक्तित्व हुन ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ । -सच्याइएको

