Close sidebar

जोगागाउँ र गुरुवागाउँ मेलामा स्थानीयको घुइँचो

२०८१ मंसिर १ गते, शनिबार २०:४५

मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । बाँकेको ऐतिहासिक जोगागाउँ र गुरुवागाउँ मेला भर्न स्थानीयको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका – २ स्थित जोगागाउँ र गुरुवागाउँ वडा नम्बर ५ बेलहरीमा विशेष मेला भर्न स्थानीयको घुइँचो लागेको हो ।

प्रत्येक वर्ष पूर्णिमाको अवसरमा लाग्दै आएको पुर्णिमा नहान मेला शुक्रवार देखि जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँस्थित जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा वर्षौदेखि लाग्दै आएको परमपरागत ऐतिहासिक मेलामा राति सांस्कृतिक कार्यक्रम समेत हुने गरेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेत लगायत विभिन्न स्थानका साथै भारतको रुपैडिहा, बाबागंज, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । यो वर्ष विगतको भन्दा धेरै सर्वसाधारण मेला भर्न आएको अध्यक्ष खाँले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया