Close sidebar

तिहारको अन्तिम दिन आज भाइटिका

२०८१ कार्तिक १८ गते, आईतवार १५:५६

नेपालगन्ज । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलोचाड तिहारको अन्तिम दिन आज टीका ग्रहण गरेर भाइटिका मनाएका छन।

दिदी-बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर तिहारको मुख्य दिन भाइटिका मनाएका हुन।

दिदीबहिनीबाट टीका ग्रहण पश्चात् दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।

यस वर्ष टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि आइतबार बिहान ११:५५ बजेको मुहूर्तको समय उत्तम रहेको थियो।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया