Close sidebar

बाँदर आतङ्कको मारमा जानकीका स्थानीय बासिन्दा

२०८१ कार्तिक १५ गते, बिहीबार १२:४५

मानपुर । बाँकेको जानकी गाउँपालिका क्षेत्रमा बाँदरको आतङ्कका कारण स्थानीय बासिन्दा मारमा परेका छन । वडा नम्बर ४ र ५ क्षेत्रमा घरहरुमा लगाइएको तरकारी र अन्नबाली बाँदर आतङ्कका कारण स्थानीय बासिन्दा मारमा परेका हुन ।

गुरुवागाउँ र खजुराखुर्द क्षेत्रमा हरेक दिनजसो डेढसय हाराहारीमा रहेका बाँदरका झुण्डले अराजकता मच्चाउने गरेका छन् । स्थानीयका अनुसार बाँदर आतङ्कको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन ।

स्थानीय सरकार यसबारे जानकार भए तापनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ । यतिबेला धान काट्नको चटारोमा किसान छन् । घर र खेतमा समेत सुनसान भएको मौकाछोपी लगाइएको अन्नबाली, तरकारी र फलफूल सखाप पार्ने गरेको स्थानीयले दुखेसो पोखेका छन ।

हरेक जसो घरको छानामा बाँदर दौडादौड गरिरहेको र गाउँले लठ्ठी लिएर लखेट्न देखिन्थ्यो । किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधि पनि बेखबर पक्कै छैनन् । यसमा स्थानीय सरकारको ध्यान पुग्न आवश्यक छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया