Close sidebar

जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई स्वागत

२०८१ भाद्र २५ गते, मंगलवार २३:२१

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका सुनिल नेपालीलाई आज एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँंको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले टीकाखादा र ढाका टोपी सहितले स्वागत तथा सम्मान गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाँके स्थित घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जबाट सरुवा गरेर पठाइएका नेपालीलाई भदौं २५ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँपालिकामा हाजिर भएका छन । अधिकृत नेपाली र जनप्रतिनिधि तथा कर्मचारीहरुबीच सम्बन्धलाई सुमधुर बनाउनका लागि गाउँपालिकाले परिचयात्मक कार्यक्रमका साथै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृतको इन्साफ कक्षमा बसेकोले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

 

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नेपालीले नीति नियम र कानुन अनुरुप काम गर्ने बताए। उनले सबैसँग समन्वय र हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सेवाग्राहीहरुलाई दिने सेवासुविधा बारे हातेमालो गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, सामाजिक विकास संयोजक रामअचल धोबी, १ नं. का वडाअध्यक्ष मो. युनुस (रजा) राई, ३ नं. का वडाअध्यक्ष राजकुमार वर्मा, ४ नं. वडाअध्यक्ष रमेशकुमार वर्मा, जिन्सी शाखाका राजु यादव, विषयगत शाखा प्रमुखहरु तथा कर्मचारी लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया