Close sidebar

समाजसेवी राजा खानद्वारा मदरसा लिलबनात (गल्स स्कुल) लाई शैक्षिक समाग्री

२०८१ जेष्ठ १८ गते, शुक्रबार १५:०४

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल)लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भेरी रोकर्स स्पोर्ट्स क्लबको आयोजना र समाजसेवी राजा खान, नेपालगन्जको आर्थिक सहयोगमा एक कार्यक्रमको आयोजना गरि बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको हो ।

भेरी रोकर्स स्पोर्ट्स क्लबका अध्यक्ष मोहम्मद साजिद खानको अध्यक्षतामा र समाजसेवी राजा खान, नेपालगन्जका मित्र जावेद अलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालिकाहरुले राख्ने ब्याग बेच १० थान, वाइट बोर्ड ३ थान, आफिस चेयर १ थान, वाटर डिस्पेन्शर मेशिन (पानी, जार सहित) १ थान लगायतका शैक्षिक सामग्रीहरु प्रदान गरिएको क्लबका कोषाध्यक्ष इरफान अलि (अरशद)ले जानकारी दिए ।

क्लबका कोषाध्यक्ष अरशदले शिक्षाको विकास भए मात्र भविष्य राम्रो हुने उद्देश्यले शिक्षामा गुणस्तरीय ल्याउनका लागि आफुहरु लागि परेको भन्दै यसप्रति मुस्लिम समुदायका जनताले पनि साथ दिनुपर्नेमा कुरामा जोड दिए । यस्तै लिलबनात (गल्स स्कुल)का अध्यक्ष सलमा खातुन हल्वाईले बिशेषगरी राजा खान नेपालगन्जका लागि अल्लाहसंग दुआ गराएर धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा खेल र सामाजिक कार्यमा रुचि राख्ने रोशन कुमार साह , दिलावर रब्बानी, सदाब अन्सारी ब्यक्तिहरुको उपस्थित रहेको थियो । सो मदरसामा करीब २ सय बालिका अध्ययनरत छन, भने ६ जना शिक्षक रहेको मदरसाले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया