Close sidebar

पश्चिम नेपालमै पहिलो पटक अवेक क्रेनियोटोमी गरि ब्रेन ट्युमरको सफल शल्यक्रिया

२०८० चैत्र ५ गते, सोमबार २०:००

नेपालगन्ज । पश्चिम नेपालमै पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । बाँकेको नेपालगन्जस्थित मेडिकल कलेजमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ की रेखा कश्यप र वीरेन्द्रनगर नगरपालिका वडा नं १ सुर्खेतकी दीपा गौतमको अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमै जटिल खालको यो शल्यक्रिया नेपालगन्जमा सम्भव भएको जनाएको छ । एक हप्ताको बीचमा अस्पतालमा दुई वटा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा मेडिकल कलेजमा न्यूरो साइन्स विभाग संचालनमा आएपछि जटिल खालका शल्यक्रिया सम्भव भइरहेका छन् । न्यूरोसर्जन डा. मनिष कोलाक्षपति, डा. निरज घिमिरे, डा. सुबोध गौतम, डा. उपमा शर्मा र एनेस्थेसिया विभागबाट डा. नवीन कुमार रेग्मी, डा. कपिल पोख्रेल लगायतको टिमले शल्यक्रिया गरेको हो ।

के हो त अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया ?

अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया हो । यस शल्यक्रियामा एनेस्थेसियोलोजिष्टले बिरामीले हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरामहरु सोध्दै शल्यक्रिया गर्ने गरिन्छ ।

हेर्नुस् विज्ञप्ति ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया