Close sidebar

ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाठकको मृत्यु

२०८० फाल्गुन २० गते, आईतवार १५:४७

नेपालगन्ज । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान करीब साढे ११ बजेतिर दाङको तुलसीपुरस्थित सितलपुर नजिकै मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ खजुराखुर्दका अन्दाजी ३३ वर्षीय सुरेश चन्द पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पाठकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आजै दिउँसो करीब साढे १२ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया