Close sidebar

मुस्लिम धार्मिक प्रवचन ‘राष्ट्रिय तब्लिगी इज्तिमा’ शनिबारदेखि नेपालगन्जमा शुरु हुने 

२०८० फाल्गुन ११ गते, शुक्रबार २०:५२

नेपालगन्ज । मुस्लिम धार्मिक प्रवचन अर्थात ‘राष्ट्रिय तब्लिगी इज्तिमा’ भोलिदेखि नेपालगन्जमा शुरु हुने भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३, एक्लैनी स्थित तब्लिगी मर्कज, फुलवारी मस्जिदमा शनिबारदेखि तीन दिने ‘राष्ट्रिय तब्लिगी इज्तिमा’ शुरु हुने भएको हो ।

यहीँ फाल्गुन १२, १३ र १४ गते अर्थात (24, 25, 26 February) मा हुने राष्ट्रिय तब्लिगी इज्तिमाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सो इज्तिमामा बढी भन्दा बढी संख्यामा मुस्लिम समुदायलाई सहभागी हुन अनुरोध छ ।अल्लाह पाकसँग प्रार्थना छ, कि यस इजतेमा मार्फत् हामी सबैलाई हिदायतको बाटो प्राप्त होस् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया