नेपालगन्ज । आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । विश्वभर विषेश रुपमा मनाइँदैछ । आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ ।
यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो । प्रणय दिवसको अवसरमा आज प्रेमी जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाह समेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
