Close sidebar

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँकेमा मदिरा निषेध

२०८० माघ ७ गते, आईतवार २३:२१

नेपालगन्ज / अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आइतबार एक सूचना जारी गर्दै सोमबार माघ ८ गते बाँके जिल्लामा मदिरा निषेध गरिएको जनाइएको हो ।

बाँकेको नेपालगन्ज लगायत ठाउँमा सोमबार सञ्चालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त, सौम्य, मर्यादित र सद्भावयुक्त वातावरणमा सम्पन्न गर्न सघाउ पुर्याउने उद्देश्यले मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।

सोमबार बिहान ७ बजेदेखि राति १० बजेसम्म बाँके जिल्लामा मदिराको ओसार पोसार, बिक्री बितरण र उपभोगमा रोक लागाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया