Close sidebar

बाँके प्रहरी कस्सिएर लागेपछि… चोरहरु धमाधम पक्राउ पर्दै

२०८० माघ ६ गते, शनिबार २२:१०

कहकशाँ अन्जुम✍️
नेपालगन्ज / केही समययता बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै जाँदा बाँके प्रहरी कस्सिएर लागेपछि दिनहुँ चोरहरु धमाधम पक्राउ पर्दैछन । जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी आरोपमा तीन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ का २९ वर्षीय गुड्डु जसगढ, वडा नं. २२ का २६ वर्षीय हकिकत अली किङ्गरिया र वडा नं. १४ का २८ वर्षीय राजु जसगढलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना विवरण १ :
यहीँ माघ ३ गते (बुधबार) राती ११:५० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ स्थित घरमा पार्किङ गरि राखिएको ई-रिक्सा तार काटी चोरी गर्ने क्रममा गुड्डुलाई तार काट्ने औजार सहित पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटना विवरण २ :
यहीँ माघ ४ गते (बिहिवार) दिउँसो २:०० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज (नर्सिङ होम)मा उपचार गर्न आएका बिरामीका कुरुवाको मोबाईल चोरी गरि भाग्ने क्रममा हकिकतलाई पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

घटना बिवरण ३ :
यहीँ माघ ४ गते (बिहिवार) रातीको ९:०० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटी नगरबाट पार्किङ गरी राखेको ने.१ ह १०३६ नम्बरको ई-रिक्सा चोरी भएको खबर प्राप्त हुन साथ खोजतलास गर्ने क्रममा राजु जसगढले उक्त ई-रिक्सा चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया