Close sidebar

बदनाम सहकारीका बिच पनि उचाई चुम्दै कोहलपुरको सहकारी संस्था

२०८० पुष १८ गते, बुधबार १७:४६

🔘 सागर गैरे✍️
कोहलपुर / देशभर सहकारी सँस्थाहरु समस्याग्रस्त छन । ग्राहकहरुको निक्षेप डुबाई दिएका छन । आम सर्वसाधारण सहकारीको नाम समेत सुन्न नचाहने स्थिती छ । कोहलपुरको एउटा सहकारी भने ५० बर्षदेखी  निरन्तर सफलताको बाटो उक्लिईरहेको छ । यसका उपभोक्ताहरु कोहलपुर नगरपालिका बाहिर बैजनाथ र जानकी गाउँपालिकासम्म फैलिएका छन ।

कोहलपुर बजार क्षेत्रको एउटा चोकको नाम नै  सँस्थाको नामबाट बनेको छ, साझा चोक । साझा चोकको ठिक अगाडि छ सहकारी सँस्था लिमिटेड कोहलपुरको भवन । कार्यालय भवन छुट्टै छ । सडकसँग जोडिएका दर्जन बढि सटर भाडामा लगाएको छ । एउटा धान मिल छ । गोदाम घर छ । सभाकक्ष छ । कार्यालय छ । यो सँस्थाको स्थापना २०३३ सालमा भएको थियो ।

सहकारी ऐन २०१६ अनुसार २०३१ फागुनमा प्रति व्यक्ति रु. ५० उठाएर २२६ जनाबाट ११,३०० /= रुपैयाँ जम्मा गरि चटार ग्राम समिती गठन भएको थियो । यो ०३१/११/२७ गतेको कुरा हो । बिक्रम सम्बत २०३३ सालमा पन्चायत सरकारले देशभर साझा कार्यक्रम लागू गर्यो । २०३५ जेष्ठ १७ गते उपरोक्त ग्राम समितीको नाम परिवर्तन गरि साझा सँस्था लिमिटेड कोहलपुर दर्ता भयो । संस्थामा अहिले ९,११६ जना सेयर सदस्य रहेका छन ।

संस्थाको शेयर पुंजी ६ करोड रुपैयाँ पुगेको छ । संस्थाको  जगेडा पुँजी १२ करोड रुपैयाँ छ । कर्जा लगानी ४८ करोड पुगेको छ । संस्थाको आफ्नै भवन छ, जसको पुँजि पाँच करोड बराबरको छ । बजार मुल्यमा यो बिसौँ करोडको हुन्छ । संस्थाको कुल स्थिर पुँजी ७५ करोड रुपैयाँ रहेको छ  ।  संस्थामा जनताको निक्षेप मात्रै ३३ करोड रुपैयाँ रहेको छ  । संस्थाले सटर भाडाबाट बार्षिक साढे चौध लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । लगानी गरेको ऋणको ब्याजबाट मात्रै बार्षिक ४ करोड रुपैयाँ कमाउँछ ।

कुनै बेला यो ठाउँ कोहलपुर थारुगाउँको सामुहिक ठाँह्रा (गाईगोरु राख्ने ठाउँ) थियो । यहाँ मन्दिर बनाउने उद्देश्यले काम समेत थालिएको थियो । मन्दिर (रामजानकी) चपरगौडी डुडुवा किनारमा बनाउने सल्लाह भयो । चटारको सहकारीको घर यसै ठाउँमा बनाउने सहमती बन्यो । तत्कालीन समयमा चटार पन्चायतका प्रधानपन्च थिए । रामसेवक राय र उपप्रधानपन्च थिए कोहलपुरका सोगारी थारु । सहकारी को जग्गा उपप्रधानपन्च सोगारी थारुको नाममा मोहि थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया