Close sidebar

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

२०८० पुष १३ गते, शुक्रबार २०:१८

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले दोषी ठहर गरेको छ । एक सातादेखि चलिरहेको अन्तिम सुनुवाईपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो । उनलाई कति सजाय गर्ने भन्ने तय गर्न पुष २५ गते पेशी तोकिएको छ ।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै नाबालिकाले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए । जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए ।

इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए । उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो ।

उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए । सर्वोच्च अदालतले यो मुद्दा चाँडो छिन्न आदेश दिएको थियो । तर मुद्दा टुंगिन एक वर्षभन्दा बढी समय लाग्यो । यो मुद्दामा ३७ औं पेशीमा फैसला आएको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया