Close sidebar

बाघको आक्रमणबाट बर्दियामा एक बालकको मृत्यु

२०८० पुष ७ गते, शनिबार २१:४१

नेपालगन्ज / बाघको आक्रमणबाट बर्दियामा एक बालकको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नं. ४, बैरिया स्थित बस्ने रामशंकर थारुको छोरा अन्दाजी १०/११ वर्षीय सुमित थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको हो ।

शनिबार दिउँसो करीब साढे १२ बजेतिर बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाईते बनाएपछि उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएको थियो ।

उपचारको क्रममा आज दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए । डिएसपी अर्यालका अनुसार यस बारेमा थप अनुसन्धान प्रक्रिया भैइरहेको  बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया