
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँले शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दिन विद्यालयले शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रम कैलाली जिल्लाको टिकापुरमा सम्पन्न गरेको हो ।
वनभोज कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले शिक्षक तथा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि बिगतदेखि नै उत्कृष्ट स्थान हासिल गरेकोमा आगामी दिनमा पनि थप शैक्षिक सफलताका लागि काम गर्नुपर्ने जिकिर गरे । उच्च शिक्षाका लागि भैरहेको प्रयासलाई अगाडी बढाउन तथा माध्यामिक देखि प्राथमिक तहसम्मको शिक्षणलाई थप मर्यादित तथा व्यवस्थित बनाउनुपर्ने कुरामा उहाँले जोड दिए ।
कार्यक्रममा शिक्षाको अवस्था बारे अहिलेसम्मका कार्य समीक्षाका साथै आगामी योजनाबारे छलफल गरिएको बताइएको छ । शिक्षकहरुका पिरमर्का, अधिकार, कर्तव्यबोध लगायतका विषयमा समेत छलफल भएको विद्यालयका कम्प्युटर शिक्षक सकील अहमद राईले जानकारी दिए ।
विद्यालयका शिक्षक निरज मिश्रको अध्यक्षतामा भएको शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रममा स्वागत मन्तब्य मनिषा भण्डारीले राखेकी थिइन् । जोगागाउँ स्थित विद्यालय अगाडिबाट शनिबार विहान ७ बजे निस्किएको शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रममा करीब ३५ जना शिक्षकको उपस्थिति रहेको थियो ।
