Close sidebar

अल्पसंख्यकको न्यायका लागि हातेमालो आवश्यक

२०८० मंसिर १७ गते, आईतवार २१:१६

नेपालगञ्ज / अल्पसंख्यक तथा यौनिक समुदायको पहिचान र अधिकारको लडाईमा हातेमालो आवश्यक रहेको औल्याइएको छ । लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले पश्चिम तारा नेपालसँग आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सो कुरा औल्याइएको हो । अल्पसंख्यकको सवाल उनीहरुको मानवीय र कानूनी अधिकारको पनि मुद्धा भएकाले राज्यका संयन्त्र, स्थानीय सरकार, अधिकारवादी लगायतको सामुहिक सहकार्य जरी रहेको बताइएको हो ।

सुरक्षा अधिकारी, महिला तथा बालबालिका सम्वद्ध अधिकारी, अधिकारकर्मी, सञ्चारकर्मी, अल्पसंख्यक लगायत को सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक महेश्वरी विष्टले बाँके जिल्लामा लैंगीक हिंसाको अवस्था, चुनौती र प्रहरीबाट भए गरेका प्रयासहरु र पश्चिम तारा नेपालका संयोजक परिना चौधरीले अल्पसंख्यकले भोग्नु परिरहेको समस्या, चुनौती र सम्भावना लगायतका सन्दर्भमा विस्तृत जानकारी तथा तथ्य प्रस्तुत गर्नु भएको थियो ।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले अल्पसंख्यकले लैगींक हिंसा लगायत अनेकन चुनौतीको सामना गरिरहेको स्वीकार्दै कानूनले दिएको अधिकार प्रयोग गर्न कहीं कतै अफठ्यारो नहुने विश्वास दिलाउनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवाष चन्द बोहराले अल्पसंख्यकमाथि यौनजन्य लगायत हिंसा भईरहेको गुनासो आएपनि औपचारिक उजुरीहरु नआउने गरेकोे भन्दै प्रहरीबाट हुन सक्ने संरक्षण र न्यायका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीद्धारा स्वागत गरिएको कार्यक्रमामा प्रस्तुत तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा आव ७९ र ८० आठ सय ५८ वटा उजुरी परेकोमा चार सय ७३ मिलापत्र गरिएको एक सय १८ वटा सम्वन्धित निकाय पठाइएको र दुई सय ६७ निवेदक उपस्थित नभएको देखाइएको छ । यस्तै यसअघि आव ७८, ०७९ मा आठ सय ८९ उजुरी आएकोमा पाँच सय २६ मिलापत्र गराइएको थियो भने एक सय ३२ सम्बन्धित निकायमा पठाइएको थियो । यस्तै दुई सय ३१ जना उपस्थित नै नभएको देखिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया