Close sidebar

९ लाख रुपैया मूल्य बराबरको मोबाइल सेटसहित ४ जना भारतीय नागरिक पक्राउ

२०८० आश्विन ४ गते, बिहीबार १६:३४

नेपालगन्ज / नेपालगञ्जस्थित राँझा विमानस्थलबाट मोबाइल सेटसहित भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरिएको छ । बुद्ध एयरलाईन्सको जहाजबाट अवैधरुपमा काठमाण्डौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब ९ लाख रुपैया मूल्य बराबरको मोबाइल सेटसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

भारतको मध्यप्रदेश राज्य साई बाबा नगर इन्दौर सुदामा नगर बस्ने ३८ बर्षीय अमित सोलंकीको साथबाट ८ थान, मध्य प्रदेश पागनीसपागा ईन्दौर बस्ने ३७ बर्षीय सचिन कुकरेजको साथबाट ८ थान, मध्य प्रदेश ईन्दौर द्वारकापुरी आईडियल स्कुल नजिक बस्ने ३९ बर्षीय कमल बंसारीको साथबाट ८ थान र मध्य प्रदेश ब्लक काँलोगी बस्ने ३६ बर्षीय अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोबाइल बरामद गरिएको छ । उनीहरुको साथबाट बरामद गरिएको मोबाइल वन प्लस, ओप्पो, रियलमी, रेडमी, सामसुङ कम्पनीको रहेकोे छ । मोबाइल खोलभित्र नरहेको र खुल्ला रुपमा रहेको डिएसपी डाँगीले बताए ।

यसअघि भदौ २५ गते पनि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं जाँदै गरेको अवस्थामा एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा एकजना सरकारी कर्मचारीलाई स्रोत नखुलेको २६ लाख रुपियाँसहित प्रहरीले पक्राउ गरेको थियो । मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया