Close sidebar

जानकीका वडाअध्यक्ष गुप्तामाथि हातपात, दुई पक्षबिच झडप ३ घाइते

२०८० भाद्र २७ गते, बुधबार ०४:०५

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता माथि हातपात भएको छ । मंगलबार बेलभार स्थित वडा कार्यालयमा नागरिकता सिफारिस सम्बन्धि विवाद हुँदा वडा अध्यक्ष गुप्ता माथि एक जना सेवाग्राहीले हातपात गरेको हो ।

सेवाग्राहीले वडा कार्यालय मै वडा अध्यक्ष गुप्ता माथि हातपात गरेको सुइँको अध्यक्ष पक्षले पाएपछि दुई पक्ष बिच झडपको स्थिति सृजना भएको थियो । वडा अध्यक्ष पक्ष र सेवाग्राही पक्ष बिच केहीबेर झडप भएको स्थानीयबासीले बताए ।

झडपको क्रममा तीन जना घाइते समेत भएका छन । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटना बारे वडा अध्यक्ष गुप्तासँग थप जानकारी लिन खोज्दा उहाँको फोन सम्पर्क हुन सकेन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया