Close sidebar

नेपालगन्जको एक ग्रिल उद्योगमा चोरी

२०८० भाद्र २३ गते, शनिबार १२:४३

नेपालगन्ज / गएराती एक ग्रिल उद्योगमा चोरी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ स्थित चारवाहिनी चौकमा रहेको रियाज ग्रिल उद्योगमा शुक्रबार राती चोरी भएको हो ।

उद्योगका सन्चालक रियाज शेषका अनुसार शुक्रबार रातीको समयमा उद्योगबाट विभिन्न सामान चोरी भएको जानकारी दिए । वेल्डिङ मेसिन १ थान गिलेन्डर मेसिन १ थान, तार लिड, होल्डर लगायत सामान चोरी भएको बताए ।

सामान चोरी भएपछी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा जानकारी गराइएको बताइएको छ । चोरको पहिचानका लागि उनले आफनो तर्फबाट विशेष पहल गरिरहेको र चोर गिरोहले सामान बेच्न आएमा सामान नकिनिदिनु हुन ग्रिल उद्योग व्यवसायीलाई आग्रह समेत गरेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया