Close sidebar

वृद्ध मजदुर माथि नेपालगन्ज मेडिकल कालेजको गाडी चढ्यो

२०८० भाद्र १५ गते, शुक्रबार १३:३७

नेपालगन्ज / नेपालगन्जको धम्बोझी चोक नजिक वृद्ध मजदुर माथि गाडी चढेको छ । शुक्रबार बिहान करीब ११ बजेतिर रोड मर्मतको काम गरिरहेका वृद्ध मजदुर माथि नेपालगन्ज मेडिकल कालेजको भे १ च ९०५ नम्बरको गाडी चढेको हो ।

रोड मर्मतको काम गरिरहेका अवस्थामा एक्कासि गाडी हुत्किएर आफूतिर आइरहेको आवाज सुनेपछि हामी भागे तर उहाँ वृद्धलाई गाडीले थोरै टाढा सम्म घिसार्दै लगेको एक जना मजदुरले भने ।

गाडी चालक गुड्डु खाँका अनुसार गाडीको ब्रेक काम नगरेर सो दुर्घटना हुन पुगेको बताएका छन । घाइते वृद्धलाई उपचारका लागि नेपालगन्ज मेडिकल कालेज पुर्याइएको छ । दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया