Close sidebar

सर्पको टोकाइबाट जानकी स्थित एक विद्यालय सहयोगीको मृत्यु

२०८० भाद्र ११ गते, सोमबार ००:४९

मो. ताहिर शेष राई (साहिल)

नेपालगन्ज / विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकि विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा मृत्यु भएको हो ।

भदौं ५ गते मंगलबार राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई नाम नखुल्ने विषालु सर्पले टोकेको थियो ।  बिहान सम्म सुतिरहेको गम्भीर अवस्थामा चमारलाई देखेपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्‍याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार बेलुका करीब ७ बजेतिर उनको मृत्यु भएको अभिभावक संघका अध्यक्ष मनमोहन वर्माले जानकारी दिनुभयो । चमारको अन्तिम संस्कार सोमबार गर्ने पारिवारिक स्रोतले जनाएको छ । उनको ८ महिने एउटा दुधे बालक र श्रीमान छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया