मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज / खोलामा डुबेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. ४ स्थित गिजराका २१ वर्षीय किरण वर्माको बेलहनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
करमोहना वडा नम्बर ३ स्थित इनाटेक सिकेन्ड्री स्कुल कक्षा १२ मा अध्ययनरत वर्मा शनिबार दिउँसो करीब २ बजेतिर घरबाट निस्किएर साथीसँग गाउँ नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता वर्मालाई प्रहरीको टोलीले उद्धार गरि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै उनको मृत्यु भएको वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार वर्माले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको अध्यक्ष वर्माले बताए ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको पोखरीमा डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका वडा नं. ३ एलबी चोकस्थित महेन्द्र तालमा पौडी खेल्ने क्रममा सार्कीको डुबेर मृत्यु भएको हो । मृतक सार्कीसंग पौडी खेल्न गएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।
