Close sidebar

नेपालगन्ज उद्योग वाणिज्य संघ उम्मेदवारी विवाद : उच्च अदालतले दिएन अन्तरिम आदेश

२०८० श्रावण ३२ गते, बिहीबार १३:१०

नेपालगन्ज / नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार चिरञ्जीवी ओलीकोे योग्यता सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतका न्यायाधीशहरु भानुभक्त शर्मा न्यौपाने र वामदेव ज्ञवालीको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

उम्मेदवार ओली, निर्वाचन आयुक्त र नेपालगन्ज उद्योग वाणिज्य संघविरुद्ध दीपेन्द्रकुुमार जोशीले गत २६ साउनमा उत्प्रेषण तथा परमादेशका लागि मुद्दा दायर गरेका थिए । उच्च अदालतको आदेशपछि ओलीको उम्मेदवारी सम्बन्धी विवाद तत्कालका लागि किनारा लागेको छ ।

ओली र नेपालगन्ज उद्योग वाणिज्य संघ (विपक्षी)हरुको तर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, टीकाजंग सिंह, लोकबहादुर शाह, विकास आचार्य, माधवप्रसाद शर्मा, शक्तिसिंह हमाल लगायतले बहस गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया