मो. अरशद शेष राई✍️
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित एक मदरसाका प्रधानाध्यापक बस्ने कुर्सीमा एक युवकले बसेर टिकटक भिडियो खिचेर सामाजिक संजाल फेसबुक र टिकटकमा पोस्ट गरेको विषयलाई लिएर अहिले चारैतिरबाट आलोचना भइरहेको छ ।
मदरसा नूरी मोहम्मदी जोगागाउँका प्रधानाध्यापक हसन अली बागवान बस्ने कुर्सीमा जोगागाउँ वडा नं. १ बस्ने २४ वर्षीय आजाद हलवाई निर्धक्क हाप कट टिसर्ट लगाएको अवस्थामा रहेर खिचेको टिकटक भिडियो सामाजिक संजाल फेसबुक र टिकटकमा प्रधानाध्यापक बन्नुभयो भनेर लेखी सार्वजनिक गरेपछि सामाजिक संजाल लगायत चारैतिरबाट त्यसको आलोचना भइरहेको छ ।
प्रधानाध्यापक बस्ने कुर्सीमा बसेर ती युवकले टिकटक भिडियो खिचेर पोस्ट गरेपछि शिक्षकहरुले शिक्षण संस्थालाई बदनाम गर्ने उद्देश्य रहेकोे आरोप लगाएका छन । गत शनिबार बिदाको मौका छोपेर मदरसामा धार्मिक छल्टनपाट कार्यक्रम सञ्चालन गरिएको बेला ती युवकले टिकटक भिडियो खिचेको नाम नखुलाउने शर्तमा एक जना शिक्षकले न्युज फ्ल्यास खबरलाई बताए ।
भिडियोमा मदरसामा एक जना परसपुरका हाफिज र शिक्षक बबिता मिश्राको नाम जोडेर बदनियत ‘चाँद चन्दु’ नामक टिकटक र सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको थियो । टिकटक बनाउने कार्य प्रति सामाजिक संजालमा आलोचना भएपछि उक्त भिडियो अहिले पोस्टबाट हटाइए पनि न्युज फ्ल्यास खबरसंग सुरक्षित छ ।
यसरी भिडियो खिचिएको हेर्दा मदरसा व्यवस्थापन समितिका अध्यक्ष आरिफ हलवाई सहित समितिका पदाधिकारीहरु गैर जिम्मेवार देखिएका कारण अहिले सम्म कुनै कार्वाही प्रक्रिया अगाडि बढाइएको छैन । यस विषयमा समयमा नै सम्बन्धित स्थानीय सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको देखिएको छ ।
