Close sidebar

एएफसी कप: मछिन्द्र मोहन बगानसँग खेल्दै

२०८० श्रावण ३१ गते, बुधबार १९:१०

ADHIKARI ALISH✍️

एएफसी कप छनोटमा आज बुधबार नेपाली टोली मछिन्द्र फुटबल क्लबले भारतको मोहन बगान सुपर जायन्टविरुद्ध खेल्दैछ । भारतको कोलकत्तामा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ  ।

साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउन चाहान्छन् । मछिन्द्रले काठमाडौंमा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । मोहन बगान भने सिधै दोस्रो चरणमा पुगेको हो ।

मछिन्द्रका लागि पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके आजको खेलमा भने खेल्ने क्लबले जानकारि दिएको छ । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया