Close sidebar

रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा

२०८० श्रावण २९ गते, सोमबार १६:००

नेपालगञ्ज / नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचार प्रसारमा जुटेका छन । यही भदौ २ गते हुने निर्वाचनमा ललित कुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेका हुन ।

सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा सहभागितालाई अर्थपुर्ण मानेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बहुमत मतदानको आग्रहसहित बिजयी बनाउन सुनिला बरालको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । यो अभियान बिभिन्न क्षेत्रमा रहेका मतदाताहरुको घरदैलोमा पुग्ने जनाइएको छ ।

निर्वाचन नजिकिएसंगै प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा लागेर हामीले घरदैलो अभियान शुरु गरेको अभियानकी नेतृत्वकर्ता बरालले जानकारी दिनुभयो । यो पटक प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भन्ने उद्देश्यले शुरु गरिएको अभियानका क्रममा भेटेका मतदाताहरुमा समेत प्रजातान्त्रिक समूहलाई समर्थन रहेको देखिएको नेतृत्वकर्ता बरालको भनाई छ ।

‘हामीले मतदाताहरुको घरदैलोमा गएर उहाँलाई प्रजातान्त्रिक समूहलाई बिजयी गराउनुपर्छ भनिरहेका छौं,’ नेतृत्वकर्ता बरालले भन्नुभयो, ‘भेटमा मतदाताहरुले नेतृत्वदायी क्षमताका उम्मेदवार यही समूहमा रहेको र यो पटक जिताउनुपर्छ भनेर पनि धेरैले समर्थन जनाएका छन् ।

संघको निर्वाचनको समय अब केही दिन मात्र बाँकी रहेको अवस्थामा निर्वाचनलाई लिएर मतदाताहरुको चासों बढ्न थालेको छ । संघको नेतृत्वमा यो पटक केही परिवर्तन ल्याउनुपर्छ भन्ने मतदाताहरुको बुझाई रहेको पनि घरदैलोमार्फत बुझिएको प्रजातान्त्रिक समूहबाट सदस्य पदका उम्मेदवार सुनिल भण्डारीले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया