
काठमाडौं / आइसिसी महिला टी—२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । राष्ट्रिय टोलीमा खुसी डंगोल र पूजा महतो पहिलो पटक मौका पाएका छन ।
यसैगरी बन्द प्रशिक्षणमा रहेकी नेरी थापा, रोमा थापा, ज्योति पाण्डे, कृतिका मरासनी, सरस्वती चौधरी, सबनम राई, मनिषा चौधरी, कञ्चन श्रेष्ठ, श्रृष्टि जैसी र स्नेहा महरा अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
विश्वकप एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ तारीख सम्म मलेसियामा हुने छ । प्रतियोगिताको समुह ‘ए’ मा नेपाल सहित बहराइन, भुटान, मलेसिया, कतार र युएई तथा समुह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्यान्ड छन् । दुवै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनलमा स्थान बनाउने दुई देश विश्वकपका लागि छनोट हुने छन ।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल ।
