
नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ स्थित जेठीनालामा १६ वर्षका एक बालक डुबेर बेपत्ता भएका छन ।
खजुरा वडा नं. ६ शान्तिनगर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यानरत १६ वर्षका बिकाश सुनार जेठिनालामा पौडि खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको हो ।
बालक बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यलय धनौलीबाट खटिएका प्रहरी टोली, सशस्त्र प्रहरी टोली र स्थानीयको सहयोगमा यो समाचार तयार गर्दासम्म खोजी कार्य जारी राखेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनुभयो ।
