Close sidebar

पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

२०८० श्रावण १९ गते, शुक्रबार १७:५४

काठमाडौं / नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन । ‘क्रिकेटमा कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला, यो समय मेरो हो । त्यसैले आज मेरो करिब १८ वर्ष लामो क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा मल्लले भनेका छन् ।

उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन पक्कै पनि सजिलो नभएको उनको भनाई छ । नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तान रहेका मल्ल पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहे । विश्वकप छनोटमा प्ले अफमा मात्र अवसर पाएका उनी एसिया इमर्जिङ कप खेल्ने टोलीमा अटाएनन् । लगत्तै हाई पर्फर्मेन्स ट्रेनिङका लागि नाम सिफारिस हुँदा पनि श्रीलंका नगएका उनले एसिया कपको पूर्वसन्ध्यामा सन्यास घोषणा गरेका हुन् ।

कुनै समय एसिया कपसम्म खेल्छु भन्ने लागे पनि अहिले सन्यासका लागि यो नै उपयुक्त समय हो भन्ने लागेको उनले सुनाए । पूर्व कप्तान मल्लले अघि भने, ‘पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि टिममा झुन्डिएर बस्नु उपयुक्त लागेन ।’ क्रिकेट सेफ साइडमा रहेको र टिमले राम्रो गरिरहेकाले पनि यो निर्णयमा पुगेको उनले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया