Close sidebar

स्व. प्रेम प्रकाश मल्लको जन्मजयन्तीमा पुरस्कार र सम्मान

२०८० श्रावण १३ गते, शनिबार २२:४१

नेपालगन्ज / वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको ८८ औ जन्मजयन्तीमा आज साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । स्व. मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकम सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्जमा आयोजना गरेको जन्मजयन्तीमा ५१ हजार १११ रुपैयाको सो पुरस्कार साहित्यकार लम्साललाई प्रदान गरिएको हो । सोही कार्यक्रममा प्रा. डा. कृष्णप्रसाद घिमिरे र प्रा.डा. सदन पौडेललाई प्रेम प्रकाश मल्ल मधुकर स्मृतिले सम्मान पनि गरिएको छ । वरिष्ठ साहित्यकार सनतकुमार रेग्मीले लम्साललाई पुरस्कार र घिमिरे तथा पौडेललाई सम्मान गर्नुभयो ।पत्रकार पूर्णलाल चुकेले स्व. मल्ल र मध्यपश्चिम श्रस्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले सम्मानित ब्याक्तीत्व लम्सालको ब्याक्तीत्व र कृतित्वका विषयमा बोल्नु भएको थियो । कार्यक्रममा वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीले मोफसलका सर्जकहरु बिभेदमा परेको उल्लेख गर्दै मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, स्व. मधुकरकी छोरी वाणीश्री मल्ल, साहित्यकार इन्द्रबहादुर भण्डारी, हरि सुवेदी लगायतले मधुकरको व्यक्तित्व र योगदानको बारेमा बोल्नुभएको थियो । सो अवसरमा गायक प्रभात सुवेदीले मधुकरका गीतहरूको गायन गरेर उहाँको सम्झना गर्नुभयो । भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरि प्रसाद तिमिल्सिनाको सभापतित्व र मीना बरालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन पनि गर्नु भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया