Close sidebar

पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

२०८० असार २९ गते, शुक्रबार १६:४२

नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक परेको छ । सदरलाईन डटकमका सन्चालक तथा प्रधान सम्पादक समेत रहेका सुवेदीका बुवा डम्बरराज सुवेदीको ८० वर्षको उमेरमा असमायिक निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार बिगत ६ दिनदेखि उहाँ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा शुक्रवार दिउँसो सवा १२ बजेतिर असमायिक निधन भएको छ । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए ।

शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । सुवेदीको अन्त्यष्टि भोली (शनिवार) विहान अगैयाघाटमा गरिने परिवारजनले जनाएका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मुक्तिपुर निवासी मृतक सुवेदीका १ छोरी र ३ छोरा छन ।

यसैबीच नेपाल पत्रकार महासंघ बाँके शाखाले रुद्र सुवेदीका पिता डम्बरराज सुवेदीको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ बाँके शाखाले एक बिज्ञप्ति जारी गर्दै सुवेदीका बुबा स्वर्गीय डम्बरराजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ । मृत आत्माले स्वर्गमा वास पाओस भनि न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया