Close sidebar

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यास सिलिन्डरको मूल्य यथावत

२०८० असार १९ गते, मंगलवार ००:३७

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं, पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

यस्तै विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ । निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपियाँ भएको छ । भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपियाँ कायम भएको छ ।

त्यस्तै विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपियाँ कायम भएको छ । भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५० रुपियाँ भएको छ । यसैगरी सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपियाँ र डिजेल अनि मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपियाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएको छ । यसअघि बजारमा पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १५५ रूपैयाँ, आन्तरिक हवाई इन्धन १६० रूपैयाँ र बाह्य इन्धन १ डलर ३५ सेन्ट रहेको थियोे । खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको मुल्य १८०० रूपैयाँ रहेको छ, यसलाई भने निगमले हेरफेर गरेको छैन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया